२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताका नाममा विधान विपरितका कुनैपनि प्रस्ताव मान्य हुँदैन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि विधान विपरितका कुनैपनि प्रस्ताव मान्य नहुने बताउनु भएको छ ।

साउन १५ का अवसरमा पार्टी मुख्यालयमा खीर खाने कार्यक्रममा महासचिव पोखरेलले पत्रकारहरुसंग भन्नुभयो, ‘विधानका कुरा गर्ने तर एकपछि अर्को प्रस्ताव ल्याउँदा तिनलाई स्वीकारेर जाने अवस्था हुँदैन। धेरै पर्खने कुरा भएन। पार्टीलाई धेरै बेर पर्खाएर अन्योलपूर्ण बनाएर राखिन्न ।’

पार्टी एकताका लागि अध्यक्ष केपी ओली हदैसम्म लचक हुनुभएको उल्लेख गर्दै पोखरेल अर्को पक्षबाट एकमाथि अर्को सर्त थपेर बिथोल्ने प्रयासमा रहिरहेको आरोप लगाउनु भयो । उहाँले पार्टीमा माग र प्रस्ताव विधिसम्मत एवम् संस्थागत पद्धतिगत रूपमा आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अधिकतम कोसिस गर्ने नाममा अनन्त अनिश्चितताको अवस्था रहँदैन।’ कार्यदलको प्रस्ताव नै पार्टीको स्थायी कमिटि र केन्द्रीय कमिटिले ग्रहण गरेकाले त्यही अनुरुप मात्र पार्टी अगाडी बढ्ने र त्यसलाई सबैले पालना गर्नुपर्ने बताउनु भयो ।