२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा जिप खस्यो, २ जना बेपत्ता



अ+ अ-

सुर्खेत । कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको छ ।

कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जिप कर्णाली नदीमा खसेको हो ।

जिपमा सवार चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता भएको र १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको लम्कीमा सामान्य उपचारपछि कोहलपुर लगिएको बताइएको छ । 

घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर लेखिएको भेटिएको प्रहरीले जनाएको छ ।