२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डले साउदी अरेबियालाई हरायो



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा पोल्याण्डले पहिलो जित निकालेको छ । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डले साउदी अरेयिाबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पोल्याण्डलाई जित दिलाउन ३९ औं मिनेटमा प्रिटो जिलेन्स्की र ८२ औ मिनेटमा कप्तान रोर्बट लेवान्डोस्किले गोल गरे । लेवान्डोस्कीको विश्वकप करिअरमा यो पहिलो गोल समेत हो ।

पहिलो हाफको इन्जुरी समयमा साउदी अरेबियाले बराबरी गर्ने अबसर गुमायो । पोल्याण्डका गोलकिपर सेज्नीले उत्कृष्ट पेनाल्टी बचाउ गरे ।

साउदीका सलिम अल्डासरीको पेनाल्टी प्रहारलाई सेज्नीले सानदार बचाउ गरेका हुन् । त्यसपछिको रिबाउन्ड बललाई पनि सेजनीले बचाउ गर्दै गोल हुन दिएनन् ।

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।

जितसँगै पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा छ भने साउदी दोस्रो स्थानमा रहेको छ । आज नै यस समूहका अर्जेन्टिना रमेक्सिकोबीचमा खेल हुदैछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।