२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई २७ औँ प्रकाश “मानव अधिकार पुरस्कार” बाट सम्मानित गर्ने



अ+ अ-

काठमाडौं । इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” बाट सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेपछि कार्यसमितिले साउन ४ गते सो निर्णय गरिएको साउन १५ गते इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इन्सेकका संस्थापक महासचिव स्व। प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएको थियो ।

इन्सेकका अनुसार नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पुर्‍याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको हो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस” को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २६ जना सम्मानित भइसक्नु भएको छ ।

कैलालीको धनगढीमा २०७८ साउन १६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न हुने समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि इन्सेकले जनाएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।