काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव अघि सारेको हो ।
संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ ।