२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार माधव नेपालले मन्त्री पठाउने, तर यस्ता छन् शर्त



अ+ अ-

काठमाडौ । नेकपा एमालेभित्र नै बसेर अध्यक्ष केपी ओलीसँग बिद्रोह गरिरहनु भएका बरिष्ठ नेता माधबकुमार नेपालले पाँच दलीय गठबन्धन मजबुत बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पार्नुभएको छ ।

नेता नेपालकै कारण सरकार बिस्तारमा ढिलाई भैरहेको भन्दै आलोचना हुन थालेपछि उहाँले  आईतबार वा सोमबार मन्त्रिपरिषदमा पठाउने नेताहरुको नाम उपलब्ध गराउने आश्वासन प्रधानमन्त्री देउवालाई दिनुभएको उहाँ निकट एक नेताले न्युजपोलारलाई जानकारी दिनुभयो ।

ती नेताका अनुसार कुनै पनि हालतमा तत्काल अध्यक्ष ओलीसँग कुनै सहमति नगर्ने मनस्थितिमा रहनुभएका नेता नेपाल गठबन्धनलाई नै कसिलो बनाउन कस्सिनु भएको छ ।

ती नेताकाअनुसार आफुलाई दोस्रो तहका नेताभन्दै संस्थापन नेतातिर छलफलमा बसेका एक नेता बाहेक अरुसँग उहाँ असन्तुष्ट हुनहुन्छ । पछिल्लो समय एकताका लागि भैरहेका गतिबिधिका कारण सरकार बिस्तारमा ढिलाई भएका कारण पार्टीका तर्फबाट सांसद नभएका र केन्द्रीय सदस्य नरहेका पाँच जना जतिलाई तत्काल सरकारमा पठाउने तयारीमा नेता नेपाल रहनु भएको छ ।

ती नेताका अनुसार राष्ट्रियसभामा स्वतन्त्र रुपमा जिताइएका सांसद खिमलाल देबकोटासहित अन्य चार ब्यक्तिहरुलाई मन्त्रीमा पठाउने तयारी भैरहेको ती नेताले जानकारी दिनुभयो । नेता नेपालको समूहलाई ६ ओटा मन्त्रालय दिने तयारी प्रम देउवाले गर्नुभएको छ ।

सरकारमा पठाउने व्यक्तिहरुलाई कुनै पनि बेला सरकारबाट फिर्ता हुनुपर्ने जानकारी समेत गराइएको ती नेताले जानकारी दिनुभयो । सांसद नभएका र पार्टीमा पनि सक्रिय नभएका जस्ता पारेर सरकारमा पठाइने छ ।

ताकि उनीहरुलाई अध्यक्ष ओलीले कारबाही गर्न नसकुन् र कानुनी रुपमा नमिलोस् पनि । तर यी सबैसँग माधव नेपालको एकमात्र सर्त छ कि नेपालले चाहेका बेला उनीहरु सरकारबाट बाहिरिन मान्नु पर्छ ।