२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही २ को मतगणना नरोक्न निर्वाचन आयोगको निर्देशन



अ+ अ-

रुपन्देही । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुचारू गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै रुपन्देही २ को मतगणना रोक्न र पुनः मतदानको माग गरेको थियो । तर, निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई नै आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीलाई निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवादको विषयमा जानकारी गराउँदै आयोगसँग राय मागेको थियो । सोहि सम्बन्धमा आयोगले भनेको छ, ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू ।’ आयोगले गणना गर्दा सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानूनबमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न निर्देशन दिएको छ ।