काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सकेको भए नेकपा टुक्राटुक्रा नहुने बताएका छन् ।
समान सिद्धान्त र विचार भएका दल र व्यक्तिहरु एकै ठाउँमा हुनु स्वच्छ राजनीति भएको बताउँदै यस्तो अभ्यास लोकतन्त्रका लागि राम्रो हुने समेत रावलको भनाई छ ।
उनले ट्वीटरमा लेखेका छन्, ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हो । यो लोकतन्त्रका लागि राम्रो हुन्छ । यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हो ।’
समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हाे । याे लाेकतन्त्रका लागि राम्राे हुन्छ ।
यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हे… https://t.co/9F8y2Vd8o8 via @YouTube— Bhim Rawal, PhD (@BhimRawal179) November 25, 2022