२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केलेबलाई विश्व कीर्तिमान सहित स्वर्ण



अ+ अ-

काठमाडौं । जापानमा जारी ओलम्पिक खेलकुदको पौडी स्पर्धाको मिश्रित मेड्लीमा बेलायतले विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेको छ । सो स्पर्धामा चीनले रजत तथा अस्ट्रेलियाले कास्य पदक पाए । 

महिला २०० मिटर ब्याकस्ट्रोकमा अस्ट्रेलियाकी केली म्याककोनले स्वर्ण,क्यानडाका केली मासले रजत तथा अस्ट्रेलियाकै एबेली सिबोमले कांस्य पदक जिते । १०० मिटर बटरफ्लाइमा केलेब ड्रेसेलले आफ्नै नाममा रहेको पुरानो विश्व कीर्तिमानलाई भङ्ग गर्दै स्वर्ण पदक जिते । सो स्पर्धामा हंगेरीका क्रिस्टोफर मिलाकले रजत तथा स्वीजरल्यान्डका नोइ पोन्टीले कांस्य पदक जिते । केलेबेको यो दोस्रो व्यक्तिगत तथा कुल तेस्रो स्वर्ण पदक हो । 

महिला ८०० मिटर फ्रिस्टाइलमा अमेरिकी केटी लेडेकीले स्वर्ण, अस्ट्रेलियाकी एरियन टिटमसले रजत तथा इटालीकी सिमोन क्वाड्रीयलाले कांस्य पदक जिते । 

पौडीको यी पदकसँगै अमेरिकाले स्वर्ण पदकको दुरीलाई छोट्टाएको छ । तर, यो दुरी बेलुका टेबल टेनिस, ब्याडमिन्टन, भारोत्तोलन र  ट्रायपलनको पदकसँगै चीनले लम्ब्याउने सम्भावना प्रबल बनेको छ ।

अहिले चीनको १९, जापानको १७ तथा अमेरिकाको १६ स्वर्ण पदक छ ।