२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राख्नु भएको छ । 

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उहाँले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधि’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाउनु भएको हो । “बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने ।”

अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भन्नु भयो, “यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।” उहाँले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीका आउन पुनः आह्वान गर्नु भयो । “अरु साथीहरु गल्ती महसुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौं । आउनुहोस्– यो पार्टी हामी सबैैले बनाएका हौं ।” अध्यक्ष ओलीले थप्नु भयो, “गल्ती भईहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं ।” उहाँले माधव नेपाल पक्षमा नेताहरु नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दावी गर्नु भयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी समेत गर्नु भयो । पार्टीमा खुट्टा तान्ने तत्वहरु अव पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उहाँको तर्क थियो । “अवको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं । किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन् । अगाडि बढन खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने ।” उहाँले भन्नु भयो, “ अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।” अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, “अव यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैैसियत विजयका साथ देखाउनु पर्नेछ । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न,  म कहाँ परे, मेरो पद कहाँ प¥यो भन्ने भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकतावद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ ।”

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गर्नु भयो । जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालहरुले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दावी गर्दै उहाँले त्यस्तो अवैैध, कीर्ते, जाली, अनुशासनहीन काम गर्नेलाई कारवाही गर्नुपर्नेमा अदालतले कारवाही गर्न पाईदैन भनेर फैसला गरेको भन्दै आपत्ति जनाउनु भयो । “जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो । त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो । त्यो कारवाही गर्नुपर्ने विषय हो ।” अध्यक्ष ओलीले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भन्नु भयो, “त्यस्ता तत्वलाई कारवाही गर्न पाईदैन् अदालतले भन्छ । यही व्याख्या सधैं चल्छ त ?”  अदालतले दलको ह्वीप उलंघन गरेर फ्लोर क्रस गर्नेहरुलाई पनि कारवाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति थियो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दावी समेत गर्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरी पनि आफ्नो पार्टीलाई बहुमत दिने दावी समेत गर्नु भयो ।