२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको सम्पर्कमा आइन् सांसद विमला ओली



अ+ अ-

बुटवल । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली अन्ततः माओवादी केन्द्रको सम्पर्कमा आएकी छन् । 

आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन् । 

घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रले जनाएको छ  । 

परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको बताइएको छ । 

तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा आएकी थिइन् ।