काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएकामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बधाई दिएका छन् ।
रविले चितवन निर्वाचन क्षेत्र नं २ बाट भारी मतान्तरले विजयी भएका छन् । उनको पार्टीले निर्वाचनमा घण्टी चिह्न पाएको थियो ।
शाहले बिहीबार एक ट्विट गर्दै भनेका छन्, “चितवनमा बजेको घण्टीको आवाज यतिबेला सारा विश्वले सुनेर आनन्द लिइरहेका छन् ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना रवि ।”
https://twitter.com/balen_shah1/status/1595683032580907008?s=20&t=G4-1C1MX0jpxWKhDnl5lvQ








