२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भयो: एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भएको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ बाट विजयी भएपछि गृहनगर झापा पुग्नुभएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा बुथ कब्जा भएको छ, मान्छे मार्ने काम भयो, यस्तो कार्य लोकतन्त्रका लागि चुनौती र चिन्ताको विषय हो ।”

नागरिकले दिएको अभिमत आफनो ठाउँमा भएको उल्लेख गर्दै ओलीले भन्नुभयो, “निर्वाचनमा राज्यले अनेकन हतकण्डा अपनायो ।” उहाँले विजयी भएका उम्मेदवारलाई बधाई र पराजित भएका नेतालाई सहनुभूति प्रकट गर्दै मतदातालाई धन्यवाद दिनुभयो । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गन्तव्य र नीति स्पष्टरुपमा तय गर्न सुझाव दिनुभयो ।