४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–४ मा कांग्रेसका बलायर निर्वाचित



अ+ अ-

कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उहाँले नेकपा ९एमाल०का लेखराज भट्टलाई पराजित गर्नुभएको थियो ।

नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाउनुभएको हो । उहाँहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।

विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । अघिल्लो निर्वाचनमा उहाँ तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित हुनुभएको थियो । रासस