६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–४ मा कांग्रेसका बलायर निर्वाचित



अ+ अ-

कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उहाँले नेकपा ९एमाल०का लेखराज भट्टलाई पराजित गर्नुभएको थियो ।

नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाउनुभएको हो । उहाँहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।

विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । अघिल्लो निर्वाचनमा उहाँ तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित हुनुभएको थियो । रासस