२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा भीषण बाढी, रेडियोको भवन ढल्यो, चनौटेको पुल जोखिममा



अ+ अ-

सिन्धुपाल्चोक । मेलम्चीमा शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ ।
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले राति आएको बाढीले १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो ।

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

तर शनिबार राती आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताउनुभयो । राति आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिवार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो । रासस