७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर १ (२) मा एमालेका एकलाल श्रेष्ठ विजयी



अ+ अ-

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी भएका छन् ।

नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहेका उनले १४ हजार दुई सय २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै राप्रपाका गुञ्जनबहादुर न्यौपानेले १२ हजार पाँच सय ७७ मत प्राप्त गरे । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दी नेकपा(एमाले)का लालबहादुर थापालाई एक हजार सात सय ८२ मत अन्तरले पराजित गर्दै बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका बानियाँले खसेको कूल मत ४० हजार पाँच सय ९९ मध्ये १८ हजार सात सय १७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी थापाले १६ हजार नौ सय ३५ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रीबहादुर खड्काले दुई हजार एक सय १९ मत प्राप्त गरे ।