१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर १ (२) मा एमालेका एकलाल श्रेष्ठ विजयी



अ+ अ-

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी भएका छन् ।

नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहेका उनले १४ हजार दुई सय २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै राप्रपाका गुञ्जनबहादुर न्यौपानेले १२ हजार पाँच सय ७७ मत प्राप्त गरे । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दी नेकपा(एमाले)का लालबहादुर थापालाई एक हजार सात सय ८२ मत अन्तरले पराजित गर्दै बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका बानियाँले खसेको कूल मत ४० हजार पाँच सय ९९ मध्ये १८ हजार सात सय १७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी थापाले १६ हजार नौ सय ३५ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रीबहादुर खड्काले दुई हजार एक सय १९ मत प्राप्त गरे ।




भर्खरै