• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

रुपन्देही ५(१) मा एमालेका भूमिश्वर ढकाल विजयी



रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८ मत प्राप्त गरी दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अन्तिम मतपरिणाममा ढकालका निकटतम उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का विनोद पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो । सो क्षेत्रमा दुई हजार एक सय १० मत बदर भएको छ ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अग्रस्थानमा हुनुहुन्छ । नेपाली काङ्ग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।