१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

संसद बाहिरबाट बजेट ल्याउने सोच छैन: अर्थमन्त्री पुन

संसद बाहिरबाट बजेट ल्याउने सोच छैन: अर्थमन्त्री पुन
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले संसद संसद बाहिरबाट बजेट पेश गर्ने सोच नभएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पुनले सरकारले संविधानको दिशानिर्देश अनुसार नै संसदमा शान्तिपूर्ण ढङ्गले बजेट पेश गर्ने तयारी रहेको बताउनु भयो । अर्थमन्त्री पुनले बजेटमा बेलाबेलामा राजनीति भएकाले संसदमा बजेट पेश गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन संवैधानिक व्यवस्था गरेको बताउनु भयो ।

उहाँले संविधानले लिएको कार्यादेश अनुसार जेठ १५ गते संसदमा बजेट पेश गरिने बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षको मागलाई सरकारले सम्बोधन गर्दा समेत संसद अवरुद्ध गर्ने काम अशोभनिय भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने सहमति भएर सरकार लचिलो भएपछि अरु तपशिलका विषयमा अल्झिराख्नु उपयुक्त नहुने बताउनु भयो । उहाँले काँग्रेसले संसद खोल्न नचाहेको बुझिएको बताउनु भयो । उहाँले संसदीय छानविन समिति व्यक्ति केन्द्रित नहुने बताउनु भयो । उहाँले कुनै व्यक्तिलाई पहिला नै दोषी ठहर गरेर समिति बनाउने पक्षमा सरकार नरहेको उल्लेख गर्दै समितिको छानविनबाट दोषी भए जो कोहीलाई कारबाही सरकारले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले ल्याएको नीति तथा कार्यक्रम लोकतान्त्रिक रुपमा संसदमा छलफल गरेर संसदमा उठेका सांसदहरुको आवाजहरुलाई सम्बोधन गर्ने सरकारको सोच थियो । त्यस प्रकारकारे वातावरण बनेन । त्यसमा प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरुले संसद अवरुद्ध गरिराख्नु भयो । यो लोकतन्त्रको लागि शोभनिय विषय होइन । सरकार आफ्नो तर्फबाट लचिलो भएर काम गरिरहेको छ । प्रतिपक्षले उठाएका विषयहरुलाई सम्बोधन गर्ने कोशिस गरेको छ । उहाँहरुको माग देशभर रहेका समस्याग्रस्त सहकारीको विषय उठाउनुभएको थियो । त्यसमा छानविन समिति प्रश्ताव थियो । संसदीय छानविन समिति बनाउन सरकार तयार भएको छ । त्यही भएर गृहमन्त्रीले संसदमा बोल्ने मौका पाउनु भयो । टिओआर बनाउने कुरामा सहमति भएको छैन । त्यसमा प्रमुख प्रतिपक्षलाई हाम्रो के अनुरोध छ भने मुख्य माग पूरा भएको छ ।’

‘संसदीय छानविन समिति बनाउने सहमति भएर सरकार लचिलो भएपछि अरु तपशिलका विषयमा अल्झि राख्नु उपयुक्त छैन । काँग्रेसले संसद खोल्न नचाहेको बुझिएको छ । समिति गठन गर्ने सरकारले भनेपछि समितिमा उहाँहरुको प्रतिनिधि पनि हुनुहुन्छ । समितिले कुनै व्यक्ति माथि छानविन गर्दा दोषी देखिँदा सरकारले छाड्दैन । त्यसैले त्यो भन्दा पहिला उहाँहरुले दोषी करार गर्ने पूर्वाग्रह देखाउनुभएको छ । त्यो शोभनिय छैन । खास गरी उहाँहरुको माग पूरा भइसेको छ । संसदमा बजेटमा बेलाबेलामा राजनीतिक भयो । सरकारले संसदमा बजेट पेश गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन सवैधानिक व्यवस्था गरेका छौं । त्यसमा सरकारले मार्सल लगाउनुपर्ने संसद बाहिर बजेट पेश गर्ने सोचेका छैनौं । संविधानले जे दिशा निर्देश गरेको छ त्यो अनुसार शान्तिपूर्ण ढङ्गले बजेट पेश गर्छौं ।’

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदमा छलफलमा उठेका प्रश्न समस्याको समाधान गर्ने सोच गरेपनि प्रतिपक्षको अवरोधको कारण त्यस्तो वातावरण बन्न नसकेको गुनासो गर्नुभयो ।