३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुरमा ट्रकले च्यापेर प्रहरी जवानको मृत्यु



अ+ अ-

काठमाडौं ।  एकजना प्रहरी जवानको ट्रकले च्याप्दा मृत्यु भएको छ । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका ३६ वर्षीया प्रहरी जवान कविता बीसीको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको हो । 

शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएकी थिइन् ।

घाइते भएकी बीसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा गएराति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ । उनी प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत थिइन् ।

ट्रक चालक दुर्घटना लगतै फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।