• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

बागलुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी



file

गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै गरेका छन् ।

सोमबारदेखि सुरु भएको मतगणनामा हालसम्म केसीले १६,७२२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का डा सूर्यप्रसाद पाठकले १५,०८० मतका साथ पछ्याइरहेका छन् । केसी र पाठकबिच १,६४२को मतान्तर रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ६, ४३१ मत पाएका छन् ।