१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताउनुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभयो,“देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।”अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गर्नुभयो । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उहाँको भनाइ थियो । 

नेपाली कांग्रेस र (नेकपा एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै उहाँले सो कुरा बताउनुभएको हो ।नवप्रवेशीलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको हो । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उहाँको भनाइ थियो । 

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गर्नुभएको थियो ।