२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा १० जना सवार डुंगा पल्टिँदा तीन जना बेपत्ता



अ+ अ-

काठमाडौं । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। आइतबार कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा दुर्घटना भएको हो। 

काठको डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका(३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ वर्षका छोरा रहेको सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

त्यस्तै डुंगा पल्टिँदा पाँच जनाको सकुशल उद्धार भएको छ। दुई जना घाइते भएको प्रहरीले कार्यालयले जनाएको छ । १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् भने एक महिनाका कर्ण सलामी सामान्य छन्। बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो ।