२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा १० जना सवार डुंगा पल्टिँदा तीन जना बेपत्ता



अ+ अ-

काठमाडौं । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। आइतबार कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा दुर्घटना भएको हो। 

काठको डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका(३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ वर्षका छोरा रहेको सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

त्यस्तै डुंगा पल्टिँदा पाँच जनाको सकुशल उद्धार भएको छ। दुई जना घाइते भएको प्रहरीले कार्यालयले जनाएको छ । १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् भने एक महिनाका कर्ण सलामी सामान्य छन्। बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो ।