२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा २ मा गैरे अगाडि



अ+ अ-

पाल्पा । पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गर्नुभएको छ । पछिल्लो मत परिणामअनुसार गैरेले छ हजार चार सय ६४ मतसहित अगाडि हुनुहुन्छ ।

गठबन्धनबाट (नेकपा समाजवादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहनुभएको छ । पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनैतिक यात्रामा सहयात्री रहनुभएको थियो ।

लामो समय एउटै पार्टीमा सहयात्री भएर राजनैतिक यात्रामा सहकार्य गर्नुभएका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धाले यस पटक निर्वाचनमा समग्र पाल्पाको ध्यान क्षेत्र नं २ मा तानिएको छ ।

क्षेत्र नं २ को सदरमुकाम तानसेनस्थित बाल मन्दिरमा मतगणना भइरहेको छ । यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ९३ मतदाता छन् । निर्वाचनमा ६४ हजार दुई सय तीन मत खसेको छ ।