५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा २ मा गैरे अगाडि



अ+ अ-

पाल्पा । पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गर्नुभएको छ । पछिल्लो मत परिणामअनुसार गैरेले छ हजार चार सय ६४ मतसहित अगाडि हुनुहुन्छ ।

गठबन्धनबाट (नेकपा समाजवादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहनुभएको छ । पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनैतिक यात्रामा सहयात्री रहनुभएको थियो ।

लामो समय एउटै पार्टीमा सहयात्री भएर राजनैतिक यात्रामा सहकार्य गर्नुभएका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धाले यस पटक निर्वाचनमा समग्र पाल्पाको ध्यान क्षेत्र नं २ मा तानिएको छ ।

क्षेत्र नं २ को सदरमुकाम तानसेनस्थित बाल मन्दिरमा मतगणना भइरहेको छ । यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ९३ मतदाता छन् । निर्वाचनमा ६४ हजार दुई सय तीन मत खसेको छ ।