५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता



अ+ अ-

रुपन्देही । रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा (एमाले) ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं ५ मा समाजवादी पार्टीका उम्मेदवार उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नं १ मा सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका घनश्याम भुसाललाई पाँच सय ७८ मतले पछि पार्दै एमाले उम्मेदवार छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । एमालेका उम्मेदवार विश्वकर्माले दुई हजार पाँच सय ४२ र भुसालले एक हजार नौ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिनुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पौडेललाई पौडेल एक सय ७५ मतले पछि पार्दै एमाले उम्मेदवार पौडेल अगाडि लाग्नुभएको हो ।

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल पाँच हजार एक सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा झर्नुभएको छ ।

१२ हजार तीन सय २६ मतगणना हुँदासम्म सत्ता गठबन्धनका केशवबहादुर थापा चार हजार ६० मतका साथ तेस्रो स्थानमा रहनुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो । प्रदेशसभाका दुई क्षेत्रमै एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ । प्रदेशसभातर्फ १ मा लिला गिरी र २ मा भोजप्रसाद श्रेष्ठ अगाडि रहनुभएको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले तीन हजार एक सय ५६ मतका साथ अग्रता कायमै राख्नुभएको छ ।

एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले १३ हजार पाँच सय ५९ मत प्राप्त गर्नुभएको छ । भने सत्ता गठबन्धनका उम्मेदवार भरतकुमार शाहले १० हजार चार सय तीन मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

रुपन्देहीको क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण र क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले अग्रता लिनुभएको छ । रासस