२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बासुदेव लुइँटेल पुरस्कार’बाट हाँस्य कलाकार केसीलाई सम्मान गरिने



अ+ अ-

काठमाडौं । हाँस्य कलाकार किरण केसीलाई यस वर्षको ‘बासुदेव लुइँटेल पुरस्कार’बाट सम्मान गरिने भएको छ । ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

बासुदेव लुइँटेल पुरस्कार नगद १ लाख ११ हजार १११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्रसहित  कलाकार केसीलाई सम्मान गर्न लागिएको  ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले जनाएको छ । 
 
गुठीले बासुदेव लुइन्टेलको जन्मदिनको अवसरमार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारबाट कलाकार केसीलाई सम्मान गर्ने जनाएको छ ।

गुठीले हाँस्यब्यङ्ग्य, साहित्य, कला एवं अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशील प्रतिभाहरुमध्येबाट एक जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।