२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा रेशम चौधरीको पार्टी विजयी



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नं ३ बाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी हुँदै प्रतिनिधिसभामा खाता खोलेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो निर्वाचन क्षेत्रमा कुल ६३ हजार ४४० मत खसेको थियो । नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी २३ हजार १२० मत ल्याई विजयी बनेका हुन् ।

उनका निकट प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कुन्दन चौधरीले १७ हजार ७४९ मत प्राप्त गरे । यसैगरी नेकपा (एमाले) का गौरीशंकर चौधरीले ९ हजार ८७४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वीरेन्द्र बमले ७ हजार ७४ मत हासिल गरेका छन् ।