२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर सहयोग समूहबाट क्यान्सर पीडित वालिकालाई सहयोग



अ+ अ-

भक्तपुर । नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रक्त क्यान्सर पीडित दोलखाकी ८ वर्षिया वालिका अंशु श्रेष्ठलाई उपचारको लागि १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुकी संयोजक स्वरुपा श्रेष्ठले भक्तपुर अस्पतालमै पुगेर ती वालिकाको अभिभावकलाई आर्थिक सहयोग हस्तान्तरण गरेकी छिन् ।

नेपाल क्यान्सर सहयोग समुहबाट १० हजार तथा उपचारका लागि सहयोगी हातहरुबाट ६ हजार गरि १६ हजार रुपैयाँ क्यान्सर पीडित वालिकालाई प्रदान गरिएको हो । 

आर्थिक अभावका कारण क्यान्सरको उपचार गर्न समस्यामा परेका क्यान्सर पीडितहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा निःशुल्क उपचार गर्दै आएको र त्यसका लागि नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुले आर्थिक सहयोग गर्दै आएको थियो ।

यसको साथै अन्य अस्पतालमा उपचाररत विपन्न क्यान्सरका विरामीहरुलाई पनि नेपाल क्यान्सर सहयोग समुह तथा उपचारका लागि सहयोगी हातहरुले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको ती दुवै सामाजिक संस्थाकी संयोजक स्वरुपा श्रेष्ठले बताईन । 

उनका अनुसार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा हालसम्म २६ जना त्यस्ता विपन्न विरामीको निशुल्क शल्यक्रिया एवम् उपचार गरिएको छ भने सयभन्दा बढी विपन्न विरामीलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।