२२ आश्विन २०८१, मंगलवार
,
Latest
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ४ बाट गगन थापा विजयी



file
अ+ अ-

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।

अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । यहाँ ४८ हजार ८५९ मत खसेको थियो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ मत ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ मत छ । यस्तै राप्रपाको ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ मत आएको छ । यद्यपि, गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।