२२ आश्विन २०८१, मंगलवार
,
Latest
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता जारी



अ+ अ-

तनहुँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा गठबन्धनको अग्रता कायमै रहँदै आएको छ ।

तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा तीस हजार तीन सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय आठ, नेकपा (एमाले)का किरण गुरुङले ११ हजार दुई सय ८६ मत पाउनुभएको छ । दुई हजार आठ सय बाइस मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा हुनुहुन्छ ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक हजार सात सय बैसठ्ठी, एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत पाउनुभएको छ । कांग्रेसका पौडेल चार सय एकसठ्ठी मतले अग्रस्थानमा हुनुहुन्छ ।

त्यसैगरी तनहुँ (२) क मा दश हजार छ सय छयालिस मत गणना हुँदा गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेको चार हजार दुई सय पचपन्न, एमालेका श्यामराजा महत तीन हजार आठ सय त्रियानब्बे मत रहेको छ । गठबन्धनका न्यौपाने तीन सय बैसठ्ठी मतले अग्रता हुनुहुन्छ ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ (२) मा तीन हजार तीन सय त्रिहत्तर मत गणना हुँदा गठबन्धनका हरिबहादुर चुमानको एक हजार सात सय अठ्ठार, एमालेका पूर्ण गुरुङको सात सय बयनब्बे मत रहेको छ । नौ सय छब्बीस मतले चुमानले अग्रता लिनुभएको छ ।

तनहुँ क्षेत्र नं १ मा एक लाख तेइस हजार चार सय नव्बे मतदातामा छैसठ्ठी हजार नौ सय पैसठ्ठी मत खसेको छ भने क्षेत्र नं २ मा एक लाख पच्चीस हजार पाँच सयमा अट्सठ्ठी हजार दुई सय एकहत्तर मत खसेको थियो ।