५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना सुरु



अ+ अ-

सुदूरपश्चिम । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ ।

निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि सुरु भएको छ । क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिनुभयो । मतगणना सुरु भए पनि गणना भएको मतपरिणाम १२ः३० सम्म सार्वजनिक गरिएको छैन । सर्वदलीय बैठकमा वडा तहअनुसारको मतगणना गर्नुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जुट्न नसक्दा निर्वाचन क्षेत्र नं ५ को मतगणना अझै सुरु हुन सकेको छैन ।

निर्वाचन क्षेत्र नं २ मा मध्याह्नसम्म पनि सर्वदलीय बैठक जारी छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकामा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभामा ४८ र प्रदेशसभामा ७८ उम्मेदवार रहेका छन् ।