२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर २ मा एमालेका महर्जन ४८३ मतले अग्रस्थानमा



अ+ अ-

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४८३ मतले अग्रता बनाएका छन् ।

ताजा मतपरिणाम अनुसार १० हजार ८८ मत गणना हुँदा एमालेका महर्जनले दुई हजार नौ सय ८० मत ल्याएका छन् । यस्तै, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चार सय ९७ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको एक हजार चार सय ९० मत छ भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का कृष्णलाल महर्जनको एक हजार चार सय ७७ मत छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले एक हजार चार सय २६ मत ल्याएका छन् ।