२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार चार्टर्ड उडान मात्रै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन आज मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आजका लागि तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।