२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयसिंह धामीले न्याय पाउनुपर्छ, सरकार मौन बस्छ भने सशक्त प्रतिवादमा उत्रनेछौंः सांसद गिरी



अ+ अ-

काठमाडौं । नेकपा एमाले युवानेता तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले महाकाली घटनाको सत्यतथ्य छानवीन गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका जयसिंह धामीले न्याय पाउनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "महाकाली नदीमा भारतीय एसएसबीको ज्यादतीको कारण जयसिंह धामीको दुखद निधन भएको हामी सबैले अनुमान गर्न सक्छौं । एसएसबीको ज्यादतीको घोर निन्दा गर्न चाहन्छु, भत्सर्ना गर्न चाहन्छु । यो सबैले दुनियाँले देखेको छ, त्यहाँको तुइन चालकले पनि भनिरहेको छ, त्यहाँ दुइजना एसएसबीका जवानहरुले तुइन काटिएपछि जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । तर नेपाल सरकारले भन्दैछ अध्ययन गर्दैछौं भनेर, तर घटनास्थलमा गएर मुचुल्का लिन तयार छैन । प्रहरी कार्यालयमा स्थानीयलाई बयान दिन आउनुहोस् भनेर घटनालाई ढाकछोप गरेर सड्यन्त्र हुँदैछ ।"

उहाँले अगाडी भन्नुभयो, "मुलुकमा नाकाबन्दी हुँदा नाकाबन्दी हो भन्न नसक्ने त्यो हैसियतको दलको नेतृत्वमा सरकार छ । यो सरकारले छानबीन गरेर सत्यतथ्य बाहिर ल्याउँछ भन्ने लाग्दैन । जयसिंह धामीले न्याय पाउनुपर्छ । यदि यसमा सरकार मौन बस्छ, ढाकछोप गर्छ भने हामी त्यसको सशक्त प्रतिवादमा गर्छौँ ।"