• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

११२०० नम्बरका टिकटबाहकले पाए ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने मौका



काठमाडौं । बुधबार दशरथ रङगशालामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एक भाग्यशाली दर्शकले विश्वकप हेर्ने आवसर पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा गोलापर्थाद्वारा छनोट गर्दा ११२०० नम्बरका टिकटबाहकले विश्वकप हेर्ने आवसर पाएका हुन् ।

भाग्यशाली टिकटबाहकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने भएका छन् ।

बुधबार भएको मैत्रीपूर्ण खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेको थियो ।

विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ ।

एन्फा प्रवक्ता सुरेश शाहले गोलापर्थाबाट छनोट भएका टिकटबाहकलाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् ।