२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

११२०० नम्बरका टिकटबाहकले पाए ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने मौका



अ+ अ-

काठमाडौं । बुधबार दशरथ रङगशालामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एक भाग्यशाली दर्शकले विश्वकप हेर्ने आवसर पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा गोलापर्थाद्वारा छनोट गर्दा ११२०० नम्बरका टिकटबाहकले विश्वकप हेर्ने आवसर पाएका हुन् ।

भाग्यशाली टिकटबाहकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने भएका छन् ।

बुधबार भएको मैत्रीपूर्ण खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेको थियो ।

विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ ।

एन्फा प्रवक्ता सुरेश शाहले गोलापर्थाबाट छनोट भएका टिकटबाहकलाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् ।