९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ६.५९ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । मंगलवार नेप्से परिसूचक समान्य अंकले घटेको छ ।
सोमवार २१.२९ अंक बढेको नेप्सेपरिसूचक मंगलवार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमवार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ ।

मंगलवार सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ४.५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८.५६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा मंगलवार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।