६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–१ का उम्मेदवार घिमिरे बसे अनशनमा



अ+ अ-

काठमाडौँ । अघिल्लो सांसदको पहलमा आएको बजेटको आयव्यय विवरण सार्वजनिक गर्न माग गर्दै ललितपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवार डा सचिन घिमिरेले आमरण अनशन सुरु गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग राखी गोदावरीको टाखेलमा आमरण अनशन सुरु गरेका हुन् ।

ललितपुर–१ का निवर्तमान सांसद्ले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको दावी गरेपछि उनको पालामा आएको बजेटको आयव्यय विवरण सार्वजनिक हुनुपर्ने मुख्य माग घिमिरेले राखेका छन् ।

अरुलाई असर नपर्ने गरी शान्तिपूर्णरुपमा आफ्ना माग राख्न पाइने भन्दै घिमिरेले यसलाई उनको निर्वाचनको प्रचारप्रसारको अभियानको एउटा पाटो भनेका छन् । निर्वाचनका क्रममा विभिन्न कुरा थाहा पाएकाले ती विषयलाई उठाई सत्याग्रह सुरु गरेको उनले बताए ।

उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको अर्को माग छ ।

घिमिरेले गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने मागसमेत राखेका छन् । उनले कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग गरेका छन् । साथै आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापनको माग गरेका छन् ।

गोदावरीको टाखेल चौतारो नजिकै पिपलको रुखको हाँगाले ट्रान्सफर्मर छोएकाले रुखको हाँगा काट्नुपर्ने उनको अर्को माग छ ।