६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–१ का उम्मेदवार घिमिरे बसे अनशनमा



अ+ अ-

काठमाडौँ । अघिल्लो सांसदको पहलमा आएको बजेटको आयव्यय विवरण सार्वजनिक गर्न माग गर्दै ललितपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवार डा सचिन घिमिरेले आमरण अनशन सुरु गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग राखी गोदावरीको टाखेलमा आमरण अनशन सुरु गरेका हुन् ।

ललितपुर–१ का निवर्तमान सांसद्ले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको दावी गरेपछि उनको पालामा आएको बजेटको आयव्यय विवरण सार्वजनिक हुनुपर्ने मुख्य माग घिमिरेले राखेका छन् ।

अरुलाई असर नपर्ने गरी शान्तिपूर्णरुपमा आफ्ना माग राख्न पाइने भन्दै घिमिरेले यसलाई उनको निर्वाचनको प्रचारप्रसारको अभियानको एउटा पाटो भनेका छन् । निर्वाचनका क्रममा विभिन्न कुरा थाहा पाएकाले ती विषयलाई उठाई सत्याग्रह सुरु गरेको उनले बताए ।

उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको अर्को माग छ ।

घिमिरेले गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने मागसमेत राखेका छन् । उनले कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग गरेका छन् । साथै आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापनको माग गरेका छन् ।

गोदावरीको टाखेल चौतारो नजिकै पिपलको रुखको हाँगाले ट्रान्सफर्मर छोएकाले रुखको हाँगा काट्नुपर्ने उनको अर्को माग छ ।