६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एकल आमाका सन्तानको जन्मदर्तामा अझै समस्या

एकल आमाका सन्तानको जन्मदर्तामा अझै समस्या
अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्मदर्तामा अझैपनि समस्या रहेको गुनासो गरेका छन् ।

उनीहरुले आमा सूचक बनेर कुनैपनि स्थानीय निकायहरुमा गइ जन्मदर्ता बनाउनसक्ने अवस्था नरहेकाले एकल आमाका सन्तानहरुले जन्मदर्ता पाउनुपर्ने बताए । अधिवक्ता एवं महिला अधिकारकर्मी बिनु लामाले जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्नसक्ने कानूनी प्रावधान रहेपनि सरकारी कार्यालयहरुले बुबालाई खोज्ने गरेको बताउनु भयो ।

उहाँले एकल आमाबाट जन्मिएका सन्तानको जन्मदर्तामा देखिएको समस्याले सन् २०३० सम्म सबै बालबालिकाको जन्मदर्ता सम्बन्धी दिगो विकास लक्ष्य हाँसिलमा कठिनाइ हुने बताउनु भयो । सरकारले सन् २०३० सम्ममा कुनैपनि बालबालिकाहरु जन्मदर्ताबाट वञ्चित हुन नपर्ने गरी लक्ष्य हाँसिल गरिने बताउँदै आएको छ । अधिकारकर्मी लामाले अनलाइन जन्मदर्ता गर्ने प्रावधानमा पनि बुबाको स्थानमा पत्ता नलागेको भन्ने शब्द राखिएकोप्रति आपत्ति जनाउनु भयो ।

बालबालिकामा यस्तो शब्दहरुले नराम्रो असर पर्ने उहाँको भनाइ थियो । उहाँले अनलाइन जन्मदर्ताको बारेमा वकालत गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । जन्मदर्ता सम्बन्धी कानून कार्यान्वयनको पक्षमा धेरै कमजोरी रहेको उहाँको भनाइ छ । उहाँले स्थानीय तहमा रहेका सचिव र चुनिएर गएका जनप्रतिनिधिहरुलाई बुबाको नामबाट मात्र नभइ आमाको नामबाट पनि जन्मदर्ता गराउनुपर्छ भन्ने मानसिकता विकास गर्न क्षमता वृद्धि विकासका तालिमहरु दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पितृ सत्तात्मक सोच हाबी भएका कारणले गर्दा सरकारी तह, वा अन्य कुनै निकायमा पनि पितृ सत्तात्मक सोचको हाबी भएका कारण त्यस्तै कानून र कार्यविधि रहेका कारण यस्तो समस्या केही आएका छन् । तर जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्नसक्ने अवस्था देखिन्छ । तर प्राक्टिकली हेर्ने हो भने बुबा नै खोज्ने अवस्था छ ।’

‘जहाँ गएपनि कार्यालयमा गइ जन्मदर्ता गर्नसक्ने अवस्था छैन । बुबा नै चाहिन्छ । एकल आमाहरुले बच्चा जन्माएपछि बुबा खोज्दा जन्मदर्ता नै नबन्ने स्थिति छ । आमा बसेकाके ठेगानाबाट जन्मदर्ता बन्न सकेको छैन । एकल महिलाहरुले हुर्काइरहेका बच्चहरुलाई जन्मदर्ता पाउन गाह्रो भएको छ ।’

‘अनलाइन जनमदर्ता गर्ने प्रावधान छ तर त्यसमा पनि धेरै कुरामा बुबाको कुराहरु खोजिन्छ । बुबा पत्ता नलागेको भन्ने शब्दहरु प्रयोग गरेको छ, त्यसले बालबालिकाको मानसिकतामा कस्तो असर पर्छ ? अनलाइन फर्मको बारेमा पनि हामीले अहिले वकालत गर्नुपर्ने देखिन्छ । जन्मदर्ता सम्बन्धी कानून कार्यान्वयनको पक्षमा धेरै कमजोरी छन् । स्थानीय तहमा रहेका सचिव र चुनिएर गएका प्रतिनिधिहरुलाई यसबारेमा क्षमता वृद्धि विकासका तालिमहरु दिन जरुरी छ ।’

महिला अधिकारकर्मी लामाले सरकारी तथ्यांकका लागि मृत जन्मेका बच्चाहरुको पनि जन्मदर्ता गराउनु आवश्यक रहेको बताउनु भयो ।