१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानका नाममा सस्तो राजनीति !



अ+ अ-

काठमाडौं । कुलमान घिसिङ नेपालमा एक सफल कर्मचारीका रुपमा परिचित नाम हो । खासमा सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारीका रुपमा नियुक्ति गरेपछि त्यसलाई उनले सही सदुपयोग गरेपछि उनको नाम चर्चामा आएको हो । देश दिनमै १६ घन्टासम्मको लोडसेडिङमा रहेका बेला उनी पाँच वर्षअघि प्राधिकरणलाई यस्तो कायापलट गरिदिए कि देश लोडसेडिङमुक्त भयो । अब देशबासीलाई त यो भन्दा बढी के चाहियो र ? अनि नेपालीले उनलाई मन नपराउने कुरा पनि भएन । 

हो, यीनै एकजना सफल व्यक्तिका बारेमा सरकारले राजनीति गरेको समय समयमा देख्न, सुन्न सकिन्छ । जस्तो कि अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले यीनलाई पुनःनियुक्ति नगर्दा उनको ठूलो आलोचना भएको थियो । यहाँसम्म भयो कि कुलमानका समर्थकहरुको समूह नै बनाइयो र सामाजिक सञ्जालमै अभियान सञ्चालन गरियो ।

त्यस्तै राजनीति हिजो पनि देखियो । हिजो तीन थरि समाचार आए मिडियामा । पहिलो समाचार अस्ति अर्थात् सोमबार साँझ आयो– कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवादाई ‘कन्भिन्स’ गरे । यो प्रचण्ड निकट मिडियो थियो । यसको समाचारको आसय छ– प्रधानमन्त्री कुलमानलाई नियुक्त गर्न तयार थिएनन् निकै जोडबल गरेर प्रचण्डले कन्भिन्स गरे । 

अर्काे समाचार आयो फेरि प्रधानमन्त्री देउवाको पक्षबाट । त्यो समाचारमा भनिएको छ– कुलमानलाई प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीले उर्जामन्न्त्री पम्फा भुसाललाई बालुवाटार बोलाएर ठाडो आदेश दिए । यो समाचारको व्याख्या यस्तो छ– कुलमानलाई नियुक्त गर्नका लागि प्रधानमन्त्री देउवाले नै चासो लिएका हुन् र उनले नै उर्जा मन्त्रीलाई बोलाएर ठाडो निर्देशन दिएका हुन् । यो मंगलबार दिउँसोतिरको समाचार थियो । 

साँझ आयो फेरि उर्जामन्त्रीको समाचार । साँझको समाचारमा कुलमानको नियुक्ति पम्फाले नै गर्न चाहेकी थिइन् भन्ने छ । त्यो समाचार भन्छ– पम्फा भुसाल मन्त्री भएपछि विद्युत प्राधिकरणको बारेमा चासो राखेकि थिइन् र उनले वर्तमान कार्यकारी हितेन्द्र शाक्यको कार्यशैली मन नपराएकाले त्यहाँ कुलमानलाई नै ल्याउन खोजेकी थिइन् । 

तर वास्तविकता के हो भने अहिले त्यहाँ हितेन्द्र शाक्य कार्यकारी छन् र उनको कार्यभार अझै धेरै छ । उनी नियुक्ति को एक प्रक्रियाबाट आएका हुन् । त्यसैले प्रधानमन्त्रीले ठाडो आदेश दिएजस्तो हिजोको आज नियुक्ति गर्न मिल्दैन । पत्रिकामा सूचना निकालेर एउटा प्रक्रियामा गएपछि मात्र नियुक्ति गर्न सकिन्छ । 

तर पनि रमाइलो कुरा त के हो भने राज्यले मुलुकको विकासका लागि कुलमान जस्ता हजारौँ सफल व्यक्तिहरु जन्माउनुपर्छ । अनि काम गर्ने वातावरण दिइयो भने देशमा त्यस्ता प्रतिभाहरु छन् पनि । राज्यले यस्ता हजारौँ प्रतिभा जन्माउनुको सट्टा उही व्यक्तिलाई नै र फर्काइ फर्काइ सोही स्थानमा किन लैजानुपर्यो र ? 

प्राधिकरण त अब सुधारको उच्च तहमै पुगेको छ नि । बरु उनीजस्ता सफल व्यवस्थापकलाई टायर चोरहरु पत्ता लगाउन नेपाल एयरलाइन्समा पठाए हुदैन ? राज्यको अभिभावक सरकार नै यस्तो सस्तो लोकप्रियतामा लागेपछि देशको समानुपातिक विकास कसरी होला ?