१५ मंसिर २०८१, शनिबार
,
Latest
आज बालाचतुर्दशी, देशभरका शिवालयहरुमा शतबीज छरिँदै चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ? प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने कर्णाली याक्सबाट खेल्न शिखर धवन नेपाल आइपुगे रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैधरूपमा भित्र्याइएको माछा नष्ट



अ+ अ-

भरतपुर । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु३च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ । कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको पुष्टि भएपछि माछा नष्ट गरिएको मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ का २३ वर्षीय विवेककुमार तेलीले अवैधरूपमा माछा भित्र्याएर नेपाली गाडीमा काठमाडौँ लैजाँदै गरेका व्यवसायीको भनाइ छ ।

चितवनका व्यवसायीले गत असोज १ गतेदेखि नियमित अनुगमन गर्दै आएका छन् । सोही क्रममा तेस्रोपटक अवैध माछा नियन्त्रणमा लिइएको हो ।

भारतीय तथा अवैध माछाको आयातमा रोक लगाउने भनेर सम्बन्धित पक्षबीच छलफल चलाएर निर्णय नै गरिसक्दासमेत आउने क्रम नरोकिएपछि मत्स्य व्यवसायीले अनुगमनलाई जारी राखेका छन् । चितवनमा वार्षिक करिब छ हजार पाँच सय टन माछा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ ।