२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी



अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे अवगत गराउनुहुँदै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोग र देखाएको सदाशयताको प्रशंसा गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताउनुभयो ।

आयोगका आयुक्तहरू, आयोगका सचिवसहित उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतीकरण गर्नुभएको थियो ।