६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी



अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे अवगत गराउनुहुँदै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोग र देखाएको सदाशयताको प्रशंसा गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताउनुभयो ।

आयोगका आयुक्तहरू, आयोगका सचिवसहित उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतीकरण गर्नुभएको थियो ।