२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यहरुको बैठक बस्ने भउको हो । 

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।  

कार्यदलका सदस्य रमेश लेखकले प्रारम्भिक प्रतिवेदनमा कोभिड– १९को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएको बताए ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन् ।