१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । 
    
भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गर्नुभएको थियो । गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताउनुभएको थियो ।