२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २१.२९ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक २१.२९ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । सोमवारमा ७७ करोडको शेयर खरिदबिक्री भएको थियो ।

सोमवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९.८४ प्रतिशत बढेको छ । त्यसैगरी,सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । सोमवारको शिवम सिमेन्ट्सको कारोबार १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।