९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २१.२९ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक २१.२९ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । सोमवारमा ७७ करोडको शेयर खरिदबिक्री भएको थियो ।

सोमवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९.८४ प्रतिशत बढेको छ । त्यसैगरी,सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । सोमवारको शिवम सिमेन्ट्सको कारोबार १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।