२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर

बाँकेमा नौ जनालाई स्पष्टीकरण

बाँकेमा नौ जनालाई स्पष्टीकरण
अ अ+ अ-

नेपालगञ्ज । बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।

आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणपछि ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दाबढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाएको अधिकारीले बताउनुभयो ।

नेपालगञ्ज वडा नं २० का वडाध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको उल्लेख गर्नुभयो ।

वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्नेगरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा ब्यानरको विषयमा चार दल, स्वतन्त्र उम्मेदवार दुई, गैरसरकारी संस्था एक र २० नं वडाका वडाध्यक्ष एक लगायतबाट आचारसंहिता उल्लङ्घन भएको अधिकारीले बताउनुभयो ।

जसपालाई प्रचार सामग्री र प्रचार कार्यालय बढी राखेको दुई स्पष्टीरण सोधिएको थियो । आचारसंहिता उल्लङ्घनमा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलाई सचेत गराइएकोसमेत उहाँले बताउनुभयो । अधिकारीले मतदातालाई प्रभाव पार्नेगरी विकासका काम नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारवाही हुने चेतावनी दिनुभयो ।