५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलप्रतिको नेताको अल्प ज्ञान



अ+ अ-

काठमाडौँ । खेलप्रतिको अल्पज्ञानले कहिलेकाहीँ नेताहरु हाँसोको पात्र बन्ने गरेका छन् । यस्तै हाँसोको पात्र अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर बनेका छन् ।

आइतबार पुरुषतर्फको टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको थियो ।

नेता महरले पनि विजयी टिम इंग्ल्यान्डलाई बधाई दिए । उनले फेसबुकमार्फत इंग्ल्यान्ड टोलीको फोटोसहित बधाई दिएका हुन् । तर उनले स्टाटसमा विजेता इंग्ल्यान्डको टोलीलाई बधाई दिइरहँदा फोटो भने इंग्ल्यान्डको फुटबल टिमको फोटो राखेका छन् ।

उनको स्टाटस र फोटोलाई सेयर गर्दै प्रभात भट्टराईले लेखेका छन्, “युवा नेता भएपछि यत्तिको खेल ज्ञान त चाहियो नि ! क्या बात् नैनसिंह दाजु ।”

सामाजिक सञ्जालमा आलोचना भएपछि महरले फोटो परिवर्तन गर्दे क्रिकेट टिमको फोटो राखेर बधाई दिनु भएको छ ।