१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वार्ता टोली र बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित



अ+ अ-

काठमाडौं । सरकारी वार्ता टोली र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।

धरान पुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो।  सरकारी टली तर्फ डा पौडेलसहित सदस्यहरु मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन्। यस्तै संघर्ष समिति तर्फबाट संयोजक डा एसपी रिमाल, सहसंयोजक डा विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने लगायत छन्।

प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधिन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रियाका अवस्था बुझी शीघ्र कार्य फस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने सहमति पनि भएको छ।